dcsimg

फुस्रो बकुल्ला ( النيبالية )

المقدمة من wikipedia emerging languages

फुस्रो बकुल्ला बकुल्ला प्रजातिमा पर्ने लामो खुट्टा भएको पानी तथा हिलोमा हिड्न सक्ने एक सिकारी चरा हो। यो पङ्क्षी मुख्यतया युरोप, एसिया र अफ्रिकाको केही मुलुकहरूमा पाइन्छ।[१] शरद ऋतुमा यो पङ्क्षी उत्तरी क्षेत्रबाट दक्षिण क्षेत्रमा बसाइँसराइ गर्ने गर्छ। यस पङ्क्षीलाई विषेश गरि नदि, ताल, पोखरी र तटीय क्षेत्रहरूमा देख्न सकिन्छ। यस पङ्क्षीको मुख्य आहारा समुन्द्री माछा र पानीमा बस्ने जीव हुन्। यसले आफ्नो आहारालाई सिधै निल्ने गर्छ। यो प्रजातिको पङ्क्षीको एक वयस्कको उचाइ १ मिटर हुन्छ भने यसको तौल १ देखि २ केजी (२.२ देखि ४.४ पाउन्ड) हुन्छ। यस चराको टाउको सेतो हुन्छ भने यसको घाँटीमा कालो घर्सा रहेको हुन्छ जुन यसको आँखा देखि तल्लो भाग सम्म फैलिएको हुन्छ। यस पङ्क्षीको ज्यान र पखेटा खैरो र यसको पखेटा तलको भाग हल्का खैरो हुन्छ। यश चराको चुच्चो लामो र तीखो हुन्छ भने यसको खुट्टा लामो र हल्का पहेँलो खालको हुन्छ।

यस पङ्क्षीले वसन्त ऋतुमा प्रजनन गर्छ भने यसले आफ्नो गुण अग्लो रुखको टुप्पोमा बनाउँछ। यसले एक पटकमा ३ देखि ५ वटा अण्डा पार्छ। अण्डालाई दुवै पङ्क्षीले २५ दिन सम्म अोथारो बसेर चल्ला कोरल्ने गर्छ भने साना चल्लालाई ७ देखि ८ हप्ता सम्म दुवै भाले र पोथीले आहारा ख्वाउने गर्छन्। यस्ता चल्लाहरू विषेश गरि हिउँदमा जाडोका कारणले मर्ने गर्छन् भने बाँचेका चल्लाहरू लगभग ५ वर्ष सम्म बाँच्छन्।[३]

विवरण

 src=
एक वयस्क फुस्रो बकुल्ला

फुस्रो बकुल्ला ठूलो चरा हो जसको उचाइ १ मिटर (३९ इन्च) सम्म हुन्छ भने यस चराको एक पखेटा देखि अर्को पखेटा सम्मको लम्बाइ १५५ देखि १९५ सेमि (६१ देखि ७७ इन्च) हुन्छ। यस पङ्क्षीको तौल १.०२ देखि २.०८ किग्रा (२.२ देखि ४.६ पाउन्ड) हुन्छ। यसको पखेटाको रङ्ग खैरो हुन्छ र पखेटा तलको भाग हल्का खैरो हुन्छ। वयस्क फुस्रो बकुल्लाको टाउको र घाँटी सेतो रङ्गको हुन्छ। यस पङ्क्षीको घाँटी लामो र तन्किने खालको हुन्छ। साना फुस्रो बकुल्लाको टाउकोमा भने कालो धर्साहरू हुदैनन् तर पछि उक्त चरा वयस्क भएपछि कालो धर्साहरू देखिन थाल्छन्।[४] यस पङ्क्षीको चुच्चो हल्मा पहेँलो, लामो र शक्तिशाली हुन्छ र प्रजनन गर्ने वयस्कहरूको चुच्चो भने अझै गाढा पहेँलो हुन्छ। यस पङ्क्षीको आँखा पहेँलो र खुट्टा खैरो र लामा हुन्छ।[५]

यस पङ्क्षीले टाढा सम्म सुनिने गरि आवाज निकाल्छ। वयस्क भालेले पोथीलाई आफ्नो गुणमा बोलाउनका लागि आवाज निकाल्छ भने त्यस आवाज सुनेर पोथी भाले भएको स्थानमा आउँछ। यस प्रजातिका भाले र पोथी छुट्टाउनु गाह्रो हुन्छ तर पोथी चाहिँ भाले भन्दा थोरै सानो हुन्छ।[६]

वितरण र बासस्थान

 src=
उडिरहेको एक वयस्क फुस्रो बकुल्ला

यो पङ्क्षी युरोपको सबै भागहरूमा (विषेशगरि आयरल्यान्ड र संयुक्त अधिराज्यमा) पाइन्छन् भने यसको बासस्थान दायरा सुदुर पुर्वमा रुस देखि जापान सम्म, दक्षिणमा चीन देखि भारत सम्म रहेको छ। यस पङ्क्षी अफ्रिकाका केही मुलुक र माडागास्करमा पनि पाइन्छन्। यसका केही प्रजातिहरू उत्तर अमेरिका, ग्रिनल्यान्ड र अस्ट्रेलियामा पनि पाइन्छन्।

यस प्रजातिका पङ्क्षीहरू प्राय बसाइँसराइ गर्दैनन्। यस प्रजातिले हिउँद महिनामा प्रजनन गर्छन् भने प्रजननका लागि यस पङ्क्षी लामो दुरी यात्रा गर्ने गर्छन्। यस पङ्क्षी विशेषगरि नदि, पोखरी र तटीय क्षेत्रमा बसोबास गर्छ।

प्रजनन

 src=
स्वीडेनको स्टकहोममा गुण बनाउन सामग्री बोक्दै गरेको एक वयस्क फुस्रो बकुल्ला
 src=
गुणमा बसिरहेको एक फुस्रो बकसल्ला, स्वीडेन (स्टकहोम)
 src=
स्वीडेनको स्टमहोममा पाइने फुस्रो बकुल्ला
 src=
जर्मनीको स्टुटगर्टमा पाइने फुस्रो बकुल्ला

यस प्रजातिले एक छुट्टै क्षेत्रमा प्रजनन गर्ने गर्छ जुन विषेशगरि अग्लो रुखको टुप्पोमा हुन्छ भने कहिलेकाँही यसले मध्यम रुखमा र दलदलको झाडीमा पनि गर्ने गर्छ। यस प्रजातिले एकै गुणमा पनि दुई पटक सम्म प्रजनन गर्ने गर्छ र दोस्रो प्रयोगमा यसले गुणलाई फैलिएको पहिलाको भन्दा अझै फराकिलो बनाउँछ। यसले गुणलाई रुखका पात र मरेको झारहरूले ढाक्ने गर्छ। गुण बनाउने क्रममा भालेले पनि पोथीको जस्तै भूमिका हुन्छ भने भालेले विषेशगरि सामग्रीहरू जुटाउँछ भने पोथीले गुण बनाउँने काम गर्छ। दुवै भाले र पोथी गुणमा आएपछि मिलनको हुन्छ जुन फेब्रुअरी देखि जुन महिना सम्म चल्छ।

सबैभन्दा पहिला भालेले आफ्नो गुणमा पोथीको ध्यानाकर्षण गर्नका लागि आवाज निकाल्छ। पोथी गुणमा आइसकेपछि दुवै भाले र पोथीले गुणलाई अझै फैलाउन काम गर्छन्। त्यसपछि उक्त जोडिले विभिन्न क्रियाकलाप गर्छन् र त्यसो गर्दा दुवै भाले र पोथी मिलनका लागि राजी हुन्छ।

पोथीले अण्डा समयमा एकपटकमा ३ देखि ५ वटा अण्डा पार्ने गर्छ तर कहिलेकाँही यो सङ्ख्या २ देखि ७ वटा सम्म अण्डा पारेको तथ्याङ्क रहेको छ। यस प्रजातिको अण्डाको रङ्ग नीले र हरियो खालको हुन्छ भने यसको आकार ६० × ४३ मिलिमिटर (२.३६ इन्च × १.६९ इन्च) हन्छ। यस बकुल्लाको प्रजातिको पोथीले अण्डा दुई दिनको अन्तरालमा पार्ने गर्छ र दुईवटा अण्डा पारिसकेको यसले अण्डा कोरल्न सुरु गर्छ। अण्डा कोरल्नका लागि दुवै भाले र पोथीको उत्तिकै भूमिका हुन्छ भने अण्डाबाट चल्ला २५ दिनमा निक्लिन्छ। चल्ला निस्किएपछि दुवै भाले र पोथीले बच्चालाई आहारा ख्वाउने गर्छन्। भाले र पोथीले बच्चालाई ७ देखि ८ हप्ता सम्म आहारा ख्वाउने गर्छन्। मुख्यतया एक पटकमा १ वटा बच्चा हुर्किने गर्छन् भने त्यो सङ्ख्या कहिलेकाँही २ सम्म पुगेको तथ्याङ्क छ।

सबैभन्दा लामो समयसम्म बाँचेको चरा २३ वर्ष रेकर्ड गरिएको छ तर औसत जीवनकाल लगभग ५ वर्षको मात्र हुन्छ। फुस्रो बकुल्ला केबल ३ वर्षसम्म मात्र बाच्ने गर्छन् भने अरु थुप्रै पङ्क्षीहरू विभिन्न प्रकोप बाट ग्रसित छन् र अकालमा ज्यान गुमाउने गर्छन्।

आहारा

 src=
माछा खाँदै गरेको एक फुस्रो बकुल्ला

यस प्रजातिको पङ्क्षीले माछा, चेपाकाँडा, र साना किराहरू सिधै निल्ने गर्छ। यसले साना पङ्क्षीहरू र हाँसका चल्लाको पनि सिकार गर्छ। यस चराले सिकार गर्ने क्रममा एकदम अडिग हुन्छ र सिकार आउने बित्तिकै यसले आफ्नो सर्पाकार घाँटी एकदम छिटो तन्काउँछ र सिकारलाई आफ्नो चुच्चोले समातेर निल्ने गर्छ। ठूलो सिकारलाई भने यसले आफ्नो चुच्चोक‍ प्रयोग गर्दै उक्त सिकारलाई खाने गर्छ।

साना माछा र चेपाकाँडालाई यसले सुरुमा टाउकोबाट समातेर सिधै निल्ने गर्छ भने ठूला सिकारलाई यसले खुट्टाले समात्दै चुच्चोले सानो टुक्राहरू निकाल्दै खाने गर्छ। हाँसका बच्चाहरूलाई भने यसले चुच्चो अठाएर मार्छ र त्यसलाई सिधै निल्छ। यस पङ्क्षीले मुख्यतया साँझको समयमा सिकार गर्ने गर्छ।

स्थित

फुस्रो बकुल्लालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यसलाई पङ्क्षी संरक्षण सङ्घले पनि हरियो सूचीमा (कम संरक्षण गरिएका प्रजाति) सूचीकृत गरिएको छ।

तस्वीर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

  1. "फुस्रो बकुल्लाको जानकारी", विउट अफ बर्डस्
  2. बर्डलाइफ इन्टरनेसनल (२०१२), "फुस्रो बकुल्ला", आइयुसीएनको रातो सूचीमा परेका पंक्षी (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) २०१२: e.T२२६९६९९३A४०२८७३२२, डिओआई:10.2305/IUCN.UK.2012-1.RLTS.T22696993A40287322.en, अन्तिम पहुँच २९ अगस्ट २०१६
  3. "फुस्रो बकुल्लाको जीवन चक्र", द आर्काइभ
  4. "फुस्रो बकुल्ला", एभियन वेब, अन्तिम पहुँच २८ अक्टोबर २०१५
  5. अस्ट्रेलियामा पाइने पंक्षीहरूको विवरण. सिड्नी, अस्ट्रेलिया: हार्पर कोलिन्स पब्लिकेसन्स. १९९७. प॰ १११. .
  6. "फुस्रो बकुल्ला", एभिबेस, अन्तिम पहुँच १९ अक्टोबर २०१५

बाह्य कडीहरू

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages

फुस्रो बकुल्ला: Brief Summary ( النيبالية )

المقدمة من wikipedia emerging languages

फुस्रो बकुल्ला बकुल्ला प्रजातिमा पर्ने लामो खुट्टा भएको पानी तथा हिलोमा हिड्न सक्ने एक सिकारी चरा हो। यो पङ्क्षी मुख्यतया युरोप, एसिया र अफ्रिकाको केही मुलुकहरूमा पाइन्छ। शरद ऋतुमा यो पङ्क्षी उत्तरी क्षेत्रबाट दक्षिण क्षेत्रमा बसाइँसराइ गर्ने गर्छ। यस पङ्क्षीलाई विषेश गरि नदि, ताल, पोखरी र तटीय क्षेत्रहरूमा देख्न सकिन्छ। यस पङ्क्षीको मुख्य आहारा समुन्द्री माछा र पानीमा बस्ने जीव हुन्। यसले आफ्नो आहारालाई सिधै निल्ने गर्छ। यो प्रजातिको पङ्क्षीको एक वयस्कको उचाइ १ मिटर हुन्छ भने यसको तौल १ देखि २ केजी (२.२ देखि ४.४ पाउन्ड) हुन्छ। यस चराको टाउको सेतो हुन्छ भने यसको घाँटीमा कालो घर्सा रहेको हुन्छ जुन यसको आँखा देखि तल्लो भाग सम्म फैलिएको हुन्छ। यस पङ्क्षीको ज्यान र पखेटा खैरो र यसको पखेटा तलको भाग हल्का खैरो हुन्छ। यश चराको चुच्चो लामो र तीखो हुन्छ भने यसको खुट्टा लामो र हल्का पहेँलो खालको हुन्छ।

यस पङ्क्षीले वसन्त ऋतुमा प्रजनन गर्छ भने यसले आफ्नो गुण अग्लो रुखको टुप्पोमा बनाउँछ। यसले एक पटकमा ३ देखि ५ वटा अण्डा पार्छ। अण्डालाई दुवै पङ्क्षीले २५ दिन सम्म अोथारो बसेर चल्ला कोरल्ने गर्छ भने साना चल्लालाई ७ देखि ८ हप्ता सम्म दुवै भाले र पोथीले आहारा ख्वाउने गर्छन्। यस्ता चल्लाहरू विषेश गरि हिउँदमा जाडोका कारणले मर्ने गर्छन् भने बाँचेका चल्लाहरू लगभग ५ वर्ष सम्म बाँच्छन्।

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages