dcsimg

घाउँके हावासील ( النيبالية )

المقدمة من wikipedia emerging languages

घाउँके हावासील हावासील प्रजातिमा पर्ने एक प्रकारको ठूलो आकार भएको पंक्षी हो। यस प्रजातिको पंक्षीले दक्षिण एसिया देखि दक्षिण पाकिस्तान, भारत र इण्डोनेसियामा प्रजनन गर्ने गर्छ। यो पंक्षी विशेषगरी ठूलो टापु र तटीय क्षेत्रमा पाइने गर्दछ। यस पंक्षीलाई टाढाबाट हेर्दा अरु हावासील जस्तै देखिन्छ तर नजिकबाट नियाल्दा यो अरु भन्दा हल्का सानो, यसको ठुँड अरुको भन्दा छोटो हुन्छ र यसको प्वाँख अरु हावासीलको तुलनामा फरक हुन्छ। केही क्षेत्रहरूमा यस पंक्षीले मानव बस्ती नजिक एक ठूलो समूहमा गुण बनाउने गर्दछ।

शारीरिक विवरण

 src=
गुणमा बसिरहेका घाउँके हावासीलहरू

घाउँके हावासील अन्य हावासील प्रजातिका पंक्षी भन्दा सानो भएतापनि यो पंक्षीको आकार ठूलोनै हुन्छ। यो पंक्षीको लम्बाई १२५–१५२ सेमी (४९–६० इन्च) हुन्छ भने एक वयस्क घाउँके हावासीलको तौल ४.१–६ किग्रा (९.०–१३.२ पाउन्ड) हुन्छ। यो पंक्षी मुख्यतया सेतो भएतापनि यसको छाती, घाँटी र पुच्छर खैरो रङ्गको हुन्छ। यस पंक्षीको लामो र धब्बा भएको ठुँड हुन्छ। यस पंक्षीको चुच्चोको माथिल्लो भाग प्याजी हुन्छ भने यसको ठुँडको चुच्चो पहेँलो हुन्छ।[२] यस पंक्षीको लामो र तन्किने खालको घाँटी र घाँटीमा यसको एक थैलो पनि हुन्छ जहाँ यसले माछाको भण्डार गर्ने काम गर्छ। यस पंक्षीको खुट्टा हल्का पहेँलो र खैरो रङ्गको हुन्छ। [३]

वितरण र बासस्थान

घाउँके हावासील मुख्यतया अन्य महादेशहरूमा भन्दा एसियामा अधिक मात्रामा पाइने गर्छ। तर हाल यो पंक्षी एसियाका धेरै मुलुकमा आएको गिरावट पछि यो हाल भारत, श्रीलङ्का र कम्बोडियामा अधिक मात्रामा पाइने गरेको छ।

दक्षिण भारतमा रहेको अान्ध्र प्रदेशमाका कर्नाटक र तमुल नाडुमा यस पंक्षीले प्रजनन गर्ने २१ स्थलहरू हाल लोप भएका छन्। इण्डोनेसियाको सुमात्रा टापुमा हाल यस पंक्षीले प्रजनन गर्ने गरेको पाइएको छ र यी पंक्षीहरूले दक्षिणपूर्वी एसियाको म्यानमार देशमा पनि प्रजनन गर्ने गरेका छन्। यस पंक्षीहरू नेपाल लगायत लाअोस र भियतनाममा बसाइँसराइ गर्ने गरेको पाइएको छ। यी पंक्षीहरू मुख्यतया बसाइँसराइ गर्दैनन् तर खाना र आहाराका लागि यिनिहरूले छोटो दुरीमा बसाइँसराइ गर्छन्।

घाउँके हावासील मुख्यतया न्यानो सफा पानी भएको कम गहिरो क्षेत्रमा बसोबास गर्ने गर्छ। यीनिहरू कहिलेकाँही ठूलाठूला नदीहरूमा पनि पाइन्छन्। ठूलो नदी बाहेक यी पंक्षीहरू नदी, नाला, ताल र तटीय क्षेत्रहरूमा पाइन्छन्।

व्यवहार

आहारा

प्रजनन

संरक्षण स्थिति

सन् २००७ देखि घाउँके हावासीललाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा खतरा नजिकको प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (२०१२), "Pelecanus philippensis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३
  2. McGregor, R C (1909). A manual of Philippine birds. Part 1. Bureau of Printing, Manila. pp. 208–210. https://archive.org/stream/manualofphilippi00mcgr#page/208/mode/2up/.
  3. Rasmussen, PC & JC Anderton (2005). Birds of South Asia: The Ripley Guide. Volume 2. Smithsonian Institution & Lynx Edicions. प॰ 49.

बाह्य लिङ्कहरू

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages

घाउँके हावासील: Brief Summary ( النيبالية )

المقدمة من wikipedia emerging languages

घाउँके हावासील हावासील प्रजातिमा पर्ने एक प्रकारको ठूलो आकार भएको पंक्षी हो। यस प्रजातिको पंक्षीले दक्षिण एसिया देखि दक्षिण पाकिस्तान, भारत र इण्डोनेसियामा प्रजनन गर्ने गर्छ। यो पंक्षी विशेषगरी ठूलो टापु र तटीय क्षेत्रमा पाइने गर्दछ। यस पंक्षीलाई टाढाबाट हेर्दा अरु हावासील जस्तै देखिन्छ तर नजिकबाट नियाल्दा यो अरु भन्दा हल्का सानो, यसको ठुँड अरुको भन्दा छोटो हुन्छ र यसको प्वाँख अरु हावासीलको तुलनामा फरक हुन्छ। केही क्षेत्रहरूमा यस पंक्षीले मानव बस्ती नजिक एक ठूलो समूहमा गुण बनाउने गर्दछ।

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages