dcsimg

जीरा ( Nepali )

provided by wikipedia emerging languages

जीरा एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।

औषधोपचार

  • जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।
  • पिसाब रोग र पत्थरी भएमा
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहानबेलुका ११ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
  • अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर ११ चम्चा बिहानबेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग ११ चम्चा मह अथवा घ्यूमा

मिसाएर दिनको ३४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

  • आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
  • ज्वरो आएमा
 src=
Cumin seeds(গোটা জিরা)
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
  • कुनैपनि साधारण दुखाईमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
  • अण्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
  • स्त्रीजातिको सेतोपानी आउने रोगमा
जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग ११ चम्चा बिहानबेलुका खाने गरेमा ठीक हुन्छ ।
  • साधारण चिलाउने रोगमा
१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
  • अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि ११ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
  • रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

सन्दर्भ सामग्रीहरू

  1. "Cuminum cyminum information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-०३-१३

यो पनि हेर्नुहोस

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

जीरा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

जीरा एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू