dcsimg

खडाई भ्याकुर ( النيبالية )

المقدمة من wikipedia emerging languages

खडाई भ्याकुर (Argya longirostris) नेपालमा पाइने भ्याकुर प्रजातिको चरा हो। यो प्रजाति संरक्षणको हिसाबले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। खडाई भ्याकुर माथिल्लो भाग ठाडा धर्का रहित कैलोखैरो, सेतो कण्ठ र मैलो रङ्को तल्लो भाग र घुम्रिएको कालो ठोँड भएको हुन्छ।

वितरण तथा वासस्थान

खडाई भ्याकुर नेपाल, बङ्गलादेश र उत्तरपूर्वी भारत तथा म्यानमारको केही स्थानमा समेत पाइने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति चितवनमा पाइएको अभिलेख छ। यो चरा तल्लो भेगमा अग्ला घाँस र नर्कटहरु भएको प्राय पानी श्रोत भएको स्थानीय छेउछाउमा बसोबास गर्छ।

खतरा तथा संरक्षण स्थिति

अग्लो घाँसेमैदान तथा नर्कट भएको क्षेत्रको द्रुत गतिमा देखिएको विनाश नै यस प्रजातिका निम्ति चुनौती हो । जमिन कृषिक्षेत्रमा परिणत हुनु, घरपालुवा जनावरको अत्याधिक चरिचरन, घर गोठ छाउनका निम्ति व्यापक घाँस खर कटानी, आगलागी पनि यस प्रजातिका लागि चुनौती निम्त्याउने कारणहरू हुन्। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा अति संवेदनशील अवस्थामा सूचिकृत गरेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages

खडाई भ्याकुर: Brief Summary ( النيبالية )