dcsimg

लंगुर ( النيبالية )

المقدمة من wikipedia emerging languages

लंगुर सेम्नोपिथेकस(Semnopithecus) प्रजाति अंतर्गत पर्ने स्तनधारी जनावर हो, जुन मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। लंगुरहरू मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू शहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लंगुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लंगुरकश्मीरी लंगुरहरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।

यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये सेम्नोपिथेकस इन्टेलस(Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।[स्रोत नखुलेको]

स्वरूप

लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च)[स्रोत नखुलेको] र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च)[स्रोत नखुलेको] हुने गर्छ। यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको नेपाली लंगुर (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ।[स्रोत नखुलेको]

वासस्थान

लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एसियाली राष्ट्रहरूमा पाईने गर्छ।[स्रोत नखुलेको] सामान्यतया लंगुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू बिभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजीक पनि बस्ने गर्छन।

खाना

वर्गिकरण

 src=
भाले लंगुर

हाल सम्म लंगुरका निम्न सात प्रजातिहरू रहेका छन।

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages

लंगुर: Brief Summary ( النيبالية )