dcsimg

तिब्बती ब्वाँसो ( 尼泊爾語 )

由wikipedia emerging languages提供

तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्।[३] यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। तिब्बतमा यस प्रजातिको ब्वाँसोलाई चुङ्ग भनेर चिनिन्छ।[४] केही वैज्ञानिकहरू यो मान्छन् कि तिब्बती ब्वाँसो अहिलेको घरपालुवा कुकुरको पूर्वज हुन् किनभने यस प्रजातिको ब्वाँसो र अहिलेको घरपालुवा कुकुरको आकार तथा शारीरिक बनावट लगभग एकै हुन्छ भने यसको तल्लो बङ्गाराको माथिल्लो भाग हल्का माथि पर्किएको हुन्छ जुन प्रकारको बङ्गारा कुकुरमा पनि पाइन्छ र खैरो ब्वाँसो प्रजातिका अन्य कुनै ब्वाँसोहरूमा यस्तो प्रजातिको बङ्गरा हुँदैन।[५] तिब्बती ब्वाँसोहरू समुन्द्री सतहबाट ३००० मिटरको उचाइमा पाइन्छन्।[६][७]

शारीरिक विवरण

तिब्बती ब्वाँसोको शारीरिक भुत्लाको रङ्ग मौसममा निर्भर गर्दछ।[८] जाडोमा यसको पछाडिको भाग तथा पुच्छर कालो र छिर्केमिर्के सेतो हुन्छ।[९] यस प्रजातिको ब्वाँसोको खुट्टाहरूमा कहिलेकाँही कालो रेसाहरू देख्न सकिन्छ।[१०] यस प्रजातिको ब्वाँसोको आँखाको रङ्ग खैरो हुन्छ भने यसको टाउकोको माथिल्लो भागमा दाग जस्तो देखिन्छ।[११] यस प्रजातिको ब्वाँसको युरेसियाली ब्वाँसो जस्तो देखिन्छन् तर यीनिहरू युरेसियाली ब्वाँसो भन्दा हल्का साना हुन्छन्। यस प्रजातिको ब्वाँसोको एक वयस्कको अौषत तौल ४५ किलोग्राम हुन्छ भने यस्ता प्राणीको छोटो कान तथा कानमा पहेँलो भुत्लाहरू हुन्छन्।[१२] युरेसियाली ब्वाँसोको तुलनामा यस प्रजातिको ब्वाँसोको लामो नाक तथा चुच्चे खप्पर हुन्छ। भारतीय ब्वाँसोको तुलनामा यस प्रजातिको ब्वाँसो हल्का ठूलो हुन्छ। यो ब्वाँसो कालो ब्वाँसो भन्दा कम सक्रिय हुन्छ। तिब्बती ब्वाँसहरूले ठूलो समूह बनाउँदैनन् किनकि यी ब्वाँसोहरू प्राय: जोडी वा तीनको सङ्ख्यामा यात्रा गर्ने गर्दछन्।[१३] यस प्रजातिको ब्वाँसोले प्राय: सधैँजसो खरायोको सिकार गर्ने गर्दछन् भने गर्मीमा यस प्रजातिको ब्वाँसोले एक प्रजातिको सानो लोखर्केको सिकार गर्ने गर्दछ।[१४] हिउँदको महिनामा तिब्बती ब्वाँसोले बाख्रा वा भेडाको सिकार गर्ने गर्दछ किनभने जाडो मौसमले यी जनावरहरूको क्षमतालाई बाधा पुर्‍याउँछ। [१५]

यो एक सिकारी प्राणी जसले तिब्बती चितुवा सङ्ख्यालाई कम गर्न प्रतिवेदन सार्वजनिक गरिएको थियोे। यसले तिब्बतमा घरपालुवा पशुधनको पनि सिकार गर्ने गरेको पाइएको छ जहाँ यसले घरपालुवा जनवरहरूको ६०% सङ्ख्यालाई हानी पुर्‍याउँछ।[१६] यस प्रजातिको ब्वाँसोले घरपालुवा जनावर अन्तर्गत प्राय: बाख्रा, भेडा, चौरी तथा घोडाहरूको सिकार गर्ने गर्दछ। तथापि सन् १९२८ मा कोरियामा जापानी कब्जा गर्दा ब्वाँसोहरूले बाघ, भालु र चितुवा भन्दा बढी मानिसको सिकार गरेको भनिन्छ।[१७]

संरक्षण

तिब्बती ब्वाँसो सङ्ख्या धेरै हदसम्म त्यस्ता क्षेत्रमा बसोबास गर्दछ जहाँ मानव जातिको त्यति चहलपहल हुँदैन।[१८][१९] सन् २०१५ मा यस प्रजातिको ब्वाँसोलाई चिनियाँ हाडभएका जीव अन्तर्गतको रातो सूचीमा एक सङ्कटापन्न बन्यजन्तुको रूपमा सूचीबद्ध गरिएको थियो।[२०][२१] यस कानुनी रूपमा संरक्षित जनावरको लागि सिकार गर्नका लागि प्रतिबन्ध लगाइएको छ।[२२][२३][२४]

सन्दर्भ सामग्री

  1. Bhattacharya, T. Sathyakumar (२०१०), "Sighting of Tibetan Wolf Canis lupus chanko in the Greater Himalayan range of Nanda Devi Biosphere Reserve, Uttarakhand, India: a new record", Journal of Threatened Taxa 2 (12): 1345–1348, डिओआई:10.11609/jott.o2423.1345-8, मूलबाट २०१२-११-०१-मा सङ्ग्रहित। NOTE: It was not chanco, it was the Tibetan wolf filchneri.
  2. Allen, G.M. (1938). "Canis lupus chanco". The Mammals of China and Mongolia. XI (First संस्करण). The American Museum of Natural History, New York. pp. 340. . https://www.biodiversitylibrary.org/item/45082#page/388/mode/1up.
  3. Blanford, W. T. (1888). "Carnivora". In Blanford, W. T.. The Fauna of British India, Including Ceylon and Burma. Mammalia (1 संस्करण). Taylor and Francis. pp. 135–140. https://www.biodiversitylibrary.org/item/89654#page/172/mode/1up.
  4. Ersmark, Erik; Klütsch, Cornelya F. C.; Chan, Yvonne L.; Sinding, Mikkel-Holger S.; Fain, Steven R.; Illarionova, Natalia A.; Oskarsson, Mattias; Uhlén, Mathias; Zhang, Ya-Ping; Dalén, Love; Savolainen, Peter (२०१६), "From the Past to the Present: Wolf Phylogeography and Demographic History Based on the Mitochondrial Control Region", Frontiers in Ecology and Evolution 4, डिओआई:10.3389/fevo.2016.00134
  5. Fang, Hongxia; Ping, Xaiong (२०१६), "Red List of China's Vertebrates", Biodiversity Science 24 (5): 500–551, डिओआई:10.17520/biods.2016076Canis lupus status=NT (Near Threatened)
  6. Namgail, T.; Fox, J.L.; Bhatnagar, Y.V. (२००७), "Carnivore-Caused Livestock Mortality in Trans-Himalaya", Environmental Management 39 (4): 490–496, डिओआई:10.1007/s00267-005-0178-2, पिएमआइडी 17318699
  7. Wissenschaftliche Ergebnisse Der Expedition Filchner Nach China Und Tibet Band.4 (1903-1905). by Filchner, Wilhelm. Published 1913
  8. Freedman, Adam H.; Gronau, Ilan; Schweizer, Rena M.; Ortega-Del Vecchyo, Diego; Han, Eunjung; Silva, Pedro M.; Galaverni, Marco; Fan, Zhenxin; Marx, Peter; Lorente-Galdos, Belen; Beale, Holly; Ramirez, Oscar; Hormozdiari, Farhad; Alkan, Can; Vilà, Carles; Squire, Kevin; Geffen, Eli; Kusak, Josip; Boyko, Adam R.; Parker, Heidi G.; Lee, Clarence; Tadigotla, Vasisht; Siepel, Adam; Bustamante, Carlos D.; Harkins, Timothy T.; Nelson, Stanley F.; Ostrander, Elaine A.; Marques-Bonet, Tomas; Wayne, Robert K. et al. (२०१४), "Genome Sequencing Highlights the Dynamic Early History of Dogs", PLOS Genetics 10 (1): e1004016, डिओआई:10.1371/journal.pgen.1004016, पिएमआइडी 24453982, पिएमसी 3894170
  9. Description of the wild ass and wolf of Tibet. Hodgson BH. (1847) Calcutta Journal of Natural History 7: 469–477
  10. Jerdon, T.C. (1874). The Indian wolf. Pages 140–141 in: The mammals of India: a natural history of all the animals known to inhabit continental India. John Wheldon, London.
  11. Li, Yinxia; Li, Qifa; Zhao, Xingbo; Xie, Zhuang; Xu, Yinxue (२०१०), "Complete sequence of the Tibetan Mastiff mitochondrial genome and its phylogenetic relationship with other Canids (Canis, Canidae)", Animal 5 (1): 18–25, डिओआई:10.1017/S1751731110001370, पिएमआइडी 22440697
  12. Lydekker, R. (1900). The Tibetan Wolf. Pages 339–340 in: The great and small game of India, Burma, and Tibet. R. Ward, London.
  13. lupus filchneri Matschie. Wiss Ergebn Exped. Filchner mach China u. Tibet, 10 1, p153. Si-ning to the east from Kukunor (Siningfu, Kansu, China)
  14. Meng, Chao; Zhang, Honghai; Meng, Qingcheng (२००९), "Mitochondrial genome of the Tibetan wolf", Mitochondrial DNA 20 (2–3): 61–3, डिओआई:10.1080/19401730902852968, पिएमआइडी 19347764
  15. Miao, Benpeng; Wang, Zhen; Li, Yixue (२०१६), "Genomic Analysis Reveals Hypoxia Adaptation in the Tibetan Mastiff by Introgression of the Grey Wolf from the Tibetan Plateau", Molecular Biology and Evolution: msw274, डिओआई:10.1093/molbev/msw274
  16. "Snow Leopard, Tibetan Wolf sighted". The Pioneer, 15 February 2014.
  17. Pocock, R. I. (1941). Canis lupus chanco Pages 86–90 in: Fauna of British India: Mammals Volume 2. Taylor and Francis, London
  18. Signore, Anthony V.; Yang, Ying-Zhong; Yang, Quan-Yu; Qin, Ga; Moriyama, Hideaki; Ge, Ri-Li; Storz, Jay F. (२०१९), "Adaptive Changes in Hemoglobin Function in High-Altitude Tibetan Canids Were Derived via Gene Conversion and Introgression", Molecular Biology and Evolution, डिओआई:10.1093/molbev/msz097, पिएमआइडी 31362306
  19. Andrew T. Smith, Yan Xie, Robert S. Hoffmann, Darrin Lunde, John MacKinnon, Don E. Wilson, W. Chris Wozencraft, सं (2008). A Guide to the Mammals of China. Princeton University press. pp. 416–418. . https://books.google.com/books?id=ka-9f68nPT4C&pg=PA416.
  20. Wang, Yingxiang (2003). A Complete Checklist of Mammal Species and Subspecies in China (A Taxonomic and Geographic Reference). China Forestry Publishing House, Beijing, China. .
  21. Wang, Guo-Dong; Zhai, Weiwei; Yang, He-Chuan; Wang, Lu; Zhong, Li; Liu, Yan-Hu; Fan, Ruo-Xi; Yin, Ting-Ting; Zhu, Chun-Ling; Poyarkov, Andrei D; Irwin, David M; Hytönen, Marjo K; Lohi, Hannes; Wu, Chung-I; Savolainen, Peter; Zhang, Ya-Ping (२०१५), "Out of southern East Asia: The natural history of domestic dogs across the world", Cell Research 26 (1): 21–33, डिओआई:10.1038/cr.2015.147, पिएमआइडी 26667385, पिएमसी 4816135
  22. Werhahn, G.; Senn, H.; Kaden, J.; Joshi, J.; Bhattarai, S.; Kusi, N.; Sillero-Zubiri, C.; MacDonald, D. W. (२०१७), "Phylogenetic evidence for the ancient Himalayan wolf: Towards a clarification of its taxonomic status based on genetic sampling from western Nepal", Royal Society Open Science 4 (6): 170186, डिओआई:10.1098/rsos.170186, पिएमआइडी 28680672, पिएमसी 5493914, बिबकोड:2017RSOS....470186W
  23. Wozencraft, C. W. (2005). "Order Carnivora". In Wilson, D. E.; Reader, D. M.. Mammal Species of the World: A Taxonomic and Geographic Reference. 1 (3 संस्करण). Johns Hopkins University Press. . https://books.google.com/books?id=JgAMbNSt8ikC&pg=PA576.
  24. Xu, Yu; Yang, Biao; Dou, Liang (२०१५), "Local villagers' perceptions of wolves in Jiuzhaigou County, western China", PeerJ 3: e982, डिओआई:10.7717/peerj.982, पिएमआइडी 26082870, पिएमसी 4465947

बाह्य सूत्रहरू

許可
cc-by-sa-3.0
版權
विकिपेडिया लेखक र सम्पादकहरू
原始內容
參訪來源
合作夥伴網站
wikipedia emerging languages

तिब्बती ब्वाँसो: Brief Summary ( 尼泊爾語 )

由wikipedia emerging languages提供

तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्। यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। तिब्बतमा यस प्रजातिको ब्वाँसोलाई चुङ्ग भनेर चिनिन्छ। केही वैज्ञानिकहरू यो मान्छन् कि तिब्बती ब्वाँसो अहिलेको घरपालुवा कुकुरको पूर्वज हुन् किनभने यस प्रजातिको ब्वाँसो र अहिलेको घरपालुवा कुकुरको आकार तथा शारीरिक बनावट लगभग एकै हुन्छ भने यसको तल्लो बङ्गाराको माथिल्लो भाग हल्का माथि पर्किएको हुन्छ जुन प्रकारको बङ्गारा कुकुरमा पनि पाइन्छ र खैरो ब्वाँसो प्रजातिका अन्य कुनै ब्वाँसोहरूमा यस्तो प्रजातिको बङ्गरा हुँदैन। तिब्बती ब्वाँसोहरू समुन्द्री सतहबाट ३००० मिटरको उचाइमा पाइन्छन्।

許可
cc-by-sa-3.0
版權
विकिपेडिया लेखक र सम्पादकहरू
原始內容
參訪來源
合作夥伴網站
wikipedia emerging languages