dcsimg
Image of Himalayan brown bear
Creatures » » Animal » » Vertebrates » » Synapsids » » Cynodonts » Mammals » » Carnivores » » Bears »

Himalayan Brown Bear

Ursus arctos isabellinus Horsfield 1826

हिमाली खैरो भालु ( Nepali )

provided by wikipedia emerging languages

हिमाली खैरो भालु नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । यो भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।[१]

विवरण

हिमाली खैरो भालुको भाले पोथीमा शारीरिक भिन्नता हुन्छ । यसको भालेको शरीर १.५ मिटर देखि २.२ मिटर (४ फिट ११ इन्च-७ फिट ३ इन्च) लामो हुन्छ भने पोथीको शरीर १.३७ मिटर देखि १.८३ मिटर (४.६ फिट-६ फिट) लामो हुन्छ । यो भालु हिमाली क्षेत्रमा पाइने जनावरहरू मध्ये सबैभन्दा ठुलो हुन्छ ।

वासस्थान

हिमाली खैरो भालु नेपाल तथा तिब्बतमा मात्र पाइन्छन । यसको प्रजाति भुटानबाट धेरै पहिले नै लोप भैसकोका छन् ।

खाना

हिमाली खैरो भालुहरू सर्वाहारी खालका हुन्छन । यिनीहरूले भेडाबाख्राजस्ता स्तनधारी जनावरका साथै घाँस, रुखका जरा तथा अन्य वनस्पति पनि खान्छन । वयस्क भालुले सुर्योदय भन्दा अगाडि र दिन ढले पछि मात्र खान्छन ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

हिमाली खैरो भालु: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

हिमाली खैरो भालु नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । यो भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू