नर्कट भ्याकुर (Chrysomma altirostre) नेपाल लगायत दक्षिण एसियाको रैथाने प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।
नर्कट भ्याकुरको लम्बाई १६ देखि १७ सेन्टिमिटर हुन्छ। यो चराको पहेलो-खैरो उपनानी, फुस्रो अग्राक्ष, आँखीभौ साथै कण्ठ तथा छाती, मजबुत ठोँड हुन्छ। यो प्रजाति तामे घाँसेभ्याकुरसँग सम्बन्धित प्रजाति हो।
नर्कट भ्याकुर दक्षिण एसियाका देशहरू नेपाल, बङ्गलादेश, भारत, म्यानमार र पाकिस्तानमा पाइने गर्छ। यो चरा अग्ला घाँस तथा नर्कट झाडी भएको खोलाछेउका दलदले क्षेत्रमा बस्ने गर्छ।
नर्कट भ्याकुर (Chrysomma altirostre) नेपाल लगायत दक्षिण एसियाको रैथाने प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।