तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्।[३] यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। तिब्बतमा यस प्रजातिको ब्वाँसोलाई चुङ्ग भनेर चिनिन्छ।[४] केही वैज्ञानिकहरू यो मान्छन् कि तिब्बती ब्वाँसो अहिलेको घरपालुवा कुकुरको पूर्वज हुन् किनभने यस प्रजातिको ब्वाँसो र अहिलेको घरपालुवा कुकुरको आकार तथा शारीरिक बनावट लगभग एकै हुन्छ भने यसको तल्लो बङ्गाराको माथिल्लो भाग हल्का माथि पर्किएको हुन्छ जुन प्रकारको बङ्गारा कुकुरमा पनि पाइन्छ र खैरो ब्वाँसो प्रजातिका अन्य कुनै ब्वाँसोहरूमा यस्तो प्रजातिको बङ्गरा हुँदैन।[५] तिब्बती ब्वाँसोहरू समुन्द्री सतहबाट ३००० मिटरको उचाइमा पाइन्छन्।[६][७]
तिब्बती ब्वाँसोको शारीरिक भुत्लाको रङ्ग मौसममा निर्भर गर्दछ।[८] जाडोमा यसको पछाडिको भाग तथा पुच्छर कालो र छिर्केमिर्के सेतो हुन्छ।[९] यस प्रजातिको ब्वाँसोको खुट्टाहरूमा कहिलेकाँही कालो रेसाहरू देख्न सकिन्छ।[१०] यस प्रजातिको ब्वाँसोको आँखाको रङ्ग खैरो हुन्छ भने यसको टाउकोको माथिल्लो भागमा दाग जस्तो देखिन्छ।[११] यस प्रजातिको ब्वाँसको युरेसियाली ब्वाँसो जस्तो देखिन्छन् तर यीनिहरू युरेसियाली ब्वाँसो भन्दा हल्का साना हुन्छन्। यस प्रजातिको ब्वाँसोको एक वयस्कको अौषत तौल ४५ किलोग्राम हुन्छ भने यस्ता प्राणीको छोटो कान तथा कानमा पहेँलो भुत्लाहरू हुन्छन्।[१२] युरेसियाली ब्वाँसोको तुलनामा यस प्रजातिको ब्वाँसोको लामो नाक तथा चुच्चे खप्पर हुन्छ। भारतीय ब्वाँसोको तुलनामा यस प्रजातिको ब्वाँसो हल्का ठूलो हुन्छ। यो ब्वाँसो कालो ब्वाँसो भन्दा कम सक्रिय हुन्छ। तिब्बती ब्वाँसहरूले ठूलो समूह बनाउँदैनन् किनकि यी ब्वाँसोहरू प्राय: जोडी वा तीनको सङ्ख्यामा यात्रा गर्ने गर्दछन्।[१३] यस प्रजातिको ब्वाँसोले प्राय: सधैँजसो खरायोको सिकार गर्ने गर्दछन् भने गर्मीमा यस प्रजातिको ब्वाँसोले एक प्रजातिको सानो लोखर्केको सिकार गर्ने गर्दछ।[१४] हिउँदको महिनामा तिब्बती ब्वाँसोले बाख्रा वा भेडाको सिकार गर्ने गर्दछ किनभने जाडो मौसमले यी जनावरहरूको क्षमतालाई बाधा पुर्याउँछ। [१५]
यो एक सिकारी प्राणी जसले तिब्बती चितुवा सङ्ख्यालाई कम गर्न प्रतिवेदन सार्वजनिक गरिएको थियोे। यसले तिब्बतमा घरपालुवा पशुधनको पनि सिकार गर्ने गरेको पाइएको छ जहाँ यसले घरपालुवा जनवरहरूको ६०% सङ्ख्यालाई हानी पुर्याउँछ।[१६] यस प्रजातिको ब्वाँसोले घरपालुवा जनावर अन्तर्गत प्राय: बाख्रा, भेडा, चौरी तथा घोडाहरूको सिकार गर्ने गर्दछ। तथापि सन् १९२८ मा कोरियामा जापानी कब्जा गर्दा ब्वाँसोहरूले बाघ, भालु र चितुवा भन्दा बढी मानिसको सिकार गरेको भनिन्छ।[१७]
तिब्बती ब्वाँसो सङ्ख्या धेरै हदसम्म त्यस्ता क्षेत्रमा बसोबास गर्दछ जहाँ मानव जातिको त्यति चहलपहल हुँदैन।[१८][१९] सन् २०१५ मा यस प्रजातिको ब्वाँसोलाई चिनियाँ हाडभएका जीव अन्तर्गतको रातो सूचीमा एक सङ्कटापन्न बन्यजन्तुको रूपमा सूचीबद्ध गरिएको थियो।[२०][२१] यस कानुनी रूपमा संरक्षित जनावरको लागि सिकार गर्नका लागि प्रतिबन्ध लगाइएको छ।[२२][२३][२४]
तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्। यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। तिब्बतमा यस प्रजातिको ब्वाँसोलाई चुङ्ग भनेर चिनिन्छ। केही वैज्ञानिकहरू यो मान्छन् कि तिब्बती ब्वाँसो अहिलेको घरपालुवा कुकुरको पूर्वज हुन् किनभने यस प्रजातिको ब्वाँसो र अहिलेको घरपालुवा कुकुरको आकार तथा शारीरिक बनावट लगभग एकै हुन्छ भने यसको तल्लो बङ्गाराको माथिल्लो भाग हल्का माथि पर्किएको हुन्छ जुन प्रकारको बङ्गारा कुकुरमा पनि पाइन्छ र खैरो ब्वाँसो प्रजातिका अन्य कुनै ब्वाँसोहरूमा यस्तो प्रजातिको बङ्गरा हुँदैन। तिब्बती ब्वाँसोहरू समुन्द्री सतहबाट ३००० मिटरको उचाइमा पाइन्छन्।