dcsimg

ठूलो खैरो चमेरा ( Nepali )

tarjonnut wikipedia emerging languages

ठूलो खैरो चमेरा चमेरा प्रजातिमा पर्ने एक ठूलो प्रजातिको चमेरा हो। यस प्रजातिको चमेराको एक पखेटा देखि अर्के पखेटाको लम्बाइ ३७ सेमी (१५ इञ्च) हुन्छ। यो चमेरा कहिलेकाँही भवनको माथिल्लो तल्लामा समूहमा वा एकलै उल्टो झुण्डिएर बसेको देखिन्छ। यस चमेराको वैज्ञानिक नाम ल्याटिन शब्दबाट उत्पत्ति भएको हो।

शारीरिक विवरण

ठूलो खैरो चमेराको शरीरको माथिल्लो भागमा लामो तथा बाक्लो भुत्लाहरू हुन्छन् जुन खैरो रङ्गको हुन्छन्।[४] यस प्रजातिको चमेराको शरीरको तल्लो भाग हल्का पहेँलो तथा खैरो रङ्गको हुन्छ भने यसको नाकको आकार त्रिकोणात्मक हुन्छ जुन कालो रङ्गको हुन्छ। यस चमेराको पखेटामा रहेको पातलो झिल्लीको रङ्ग भने गाढा कालो तथा खैरो रङ्गको हुन्छ। युवा तथा साना चमेराहरूको वयस्कको भन्दा शरीरको रङ्ग कालो हुन्छ। ठूलो खैरो चमेरा उड्ने क्रममा ठूलो आकारको देखिने भएकाले यसलाई सहजै छुट्याउन सकिन्छ।[५] यसले उड्ने क्रममा पखेटालाई छिटोछिटो चलाउने गर्दछ। यस प्रजातिले प्रायः उड्ने क्रममा वा बसिरहेका समयमा साना कीरा तथा फटयाङ्ग्राको सिकार गर्ने गरेको पाइएको छ। पोथी चमेराले सामान्यतया गर्मीको अन्तमा एक बच्चालाई मात्र जन्म दिन्छ भने पोथीले बच्चालाई केही हप्ता सम्म अाफ्नो ढाडमा बोक्ने गर्दछ। युवा चमेराहरू प्रायः पहिलो उडानहरू लगभग तीन हप्ताको उमेरमा गर्दछन् र छ हप्तामा तिनीहरू सिकार गर्न सक्षम हुन्छन्।[६]

वितरण

ठूलो खैरो चमेरा युरेसियाका भूभागमा ५८ देखि ३० डिग्रीमा भेटिन्छन्। यी प्रजातिहरू ग्रेट ब्रिटेनको दक्षिण देखि पश्चिम, पूर्वमा ताइवान र दक्षिण देखि उत्तरमा अफ्रिका सम्म भेटिन्छन् भने यी प्रजातिहरू मध्य पूर्वी, दक्षिणी र दक्षिण पूर्वी एसियामा पनि पाइन्छन्। यी प्रजातिहरू स्पेनको क्यानरी टापूमा पनि बसोबास गर्छन्। ठूलो खैरो चमेरा समशीतोष्ण र उपोष्णकटिबन्धीय सुख्खा जङ्गल, माकुइस , खेती गरेको जग्गा, अर्ध मरुभूमि तथा उपनगरीय क्षेत्रहरू सहित बस्तीहरूको विभिन्न क्षेत्रमा बसोबास गर्छन्।[७]

संरक्षण

ठूलो खैरो चमेराको युरोपेली बासस्थान दायरामा मानव बस्तीको विकासका कारण यसको बासस्थान दायरा सिमित बन्न पुगेको छ आहार तथा सिकार क्षेत्रको गिरावट भएका कारण यसको सिकार क्षेत्रमा पनि गिरावट आएको छ। थप रूपमा यस प्रजातिको चमेरा प्रायः भवनहरूमा भुमिगत रूपमा तथा झिण्डिएर बस्ने गर्दछ। संयुक्त अधिराज्यमा ठूलो खैरो चमेरालाई कानूनी सुरक्षाको एकदम व्यापक रूपमा दिइएको छ भने युरोपको अन्य राज्यहरूमा पनि यसलाई सुरक्षा दिइएको छ।[८]

सन्दर्भ सामग्री

  1. Miller, B.; Reid, F.; Arroyo-Cabrales, J.; Cuarón, A.D.; de Grammont, P.C. (२०१६), "Eptesicus fuscus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, सन् २०१६: e.T७९२८A२२११८१९७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T7928A22118197.en
  2. Wood Grinnell, Hilda (1918). A Synopsis of the Bats of California. 17. University of California Press. प॰ 318.
  3. Hutcheon, James M.; Kirsch, John A. W (२००६), "A moveable face: Deconstructing the Microchiroptera and a new classification of extant bats", Acta Chiropterologica 8: ८, आइएसएसएन 1733-5329, डिओआई:10.3161/1733-5329(2006)8[1:AMFDTM]2.0.CO;2
  4. Wisconsin Department of Natural Resources (2013). Wisconsin Big Brown Bat Species Guidance (Report). Bureau of Natural Heritage Conservation, Wisconsin Department of Natural Resources. PUB-ER-707. http://dnr.wi.gov/files/pdf/pubs/er/er0707.pdf. अन्तिम पहुँच मिति: 2017-11-29.
  5. Palmeirim, Jorge M. (१९९८), "Analysis of Skull Measurements and Measurers: Can We Use Data Obtained by Various Observers?", Journal of Mammalogy 79 (3): 1021–1028, जेएसटिओआर 1383111, डिओआई:10.2307/1383111
  6. Davis, W.B. (१९९४), "Big Brown Bat", The Mammals of Texas - Online Edition, Texas Tech University, अन्तिम पहुँच २०१७-११-२९
  7. Agosta, S. J. (२००२), "Habitat use, diet and roost selection by the big brown bat (Eptesicus fuscus) in North America: a case for conserving an abundant species", Mammal Review 32 (3): 179–198, डिओआई:10.1046/j.1365-2907.2002.00103.x
  8. Frank, C. L.; Michalski, A.; McDonough, A. A.; Rahimian, M.; Rudd, R. J.; Herzog, C. (२०१४), "The resistance of a North American bat species (Eptesicus fuscus) to white-nose syndrome (WNS)", PLOS ONE 9 (12): e११३९५८, डिओआई:10.1371/journal.pone.0113958, पिएमआइडी 25437448, पिएमसी 4250063, बिबकोड:2014PLoSO...9k3958F

बाह्य सूत्रहरू

lisenssi
cc-by-sa-3.0
tekijänoikeus
विकिपेडिया लेखक र सम्पादकहरू
alkuperäinen
käy lähteessä
kumppanisivusto
wikipedia emerging languages

ठूलो खैरो चमेरा: Brief Summary ( Nepali )

tarjonnut wikipedia emerging languages

ठूलो खैरो चमेरा चमेरा प्रजातिमा पर्ने एक ठूलो प्रजातिको चमेरा हो। यस प्रजातिको चमेराको एक पखेटा देखि अर्के पखेटाको लम्बाइ ३७ सेमी (१५ इञ्च) हुन्छ। यो चमेरा कहिलेकाँही भवनको माथिल्लो तल्लामा समूहमा वा एकलै उल्टो झुण्डिएर बसेको देखिन्छ। यस चमेराको वैज्ञानिक नाम ल्याटिन शब्दबाट उत्पत्ति भएको हो।

lisenssi
cc-by-sa-3.0
tekijänoikeus
विकिपेडिया लेखक र सम्पादकहरू
alkuperäinen
käy lähteessä
kumppanisivusto
wikipedia emerging languages