dcsimg

ध्वाँसे चितुवा ( Nepalce )

wikipedia emerging languages tarafından sağlandı

ध्वाँसे चितुवा (Neofelis nebulosa) नेपालमा पाइने एक प्रकारको जनावर हो । यो बिरालो जातिको जनावर हो जुन हिमालय तलहटीदेखि मुख्यभूमि दक्षिणी-पूर्वी एसिया अनि चीन सम्म पाईन्छ। यसलाई IUCN ले सन् २००८ मा "कमजोर" (Vulnerable) स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसङ्ख्याको आकार करिब १०,००० भन्दा कम परिपक्व जीवको आशंका गरिएको छ, जसको जनसङ्ख्या प्रवृत्ति घट्दो अवस्थामा रहेको छ र कुनै पनि एकल जनसङ्ख्यामा १००० भन्दा बढी वयस्क नरहेको भनिएको छ।

ध्वाँसे चितुवालाई ठुलो बिरालो र सानो बिरालो वर्ग बीचको विकासवादी जडानको रुपमा लिइएको छ।

सुमात्रावोर्नियोमा पाईने सुन्दा ध्वाँसे चितुवा (Neofelis diardi) आनुवंशिक तहरमा मुख्यभूमि-एसियाली ध्वाँसे चितुवा भन्दा भिन्न छन् र यसलाई सन् २००६ देखि अलग प्रजातिको जीव मानिएको छ।

यी दुवै Neofelis वंशका प्रजातिहरू ठुलो बिरलोहरु मध्येको सबैभन्दा सानो र सामान्य चितुवासंग खासै निकटको सम्बन्ध रहेको हुँदैन।

सन्दर्भ सूची

lisans
cc-by-sa-3.0
telif hakkı
विकिपेडिया लेखक र सम्पादकहरू

ध्वाँसे चितुवा: Brief Summary ( Nepalce )