सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो । मेथीका जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा तने बोडीका जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ [१]।
घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[२]
सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो । मेथीका जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा तने बोडीका जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ ।