हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको पाउन सकिन्छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ। तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ । पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।