छोटो ठुँडे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर (२१-२३ इन्च) हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने ठुँड (चुच्चे) मधुरो खैरो र छोटो हुन्छ। त्यस्तै यसको टाउकाको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ। यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड मधुरो खैरो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ।
यस प्रजातिको सुगाले एकपटकमा एकदेखि दुई अण्डा पार्ने गर्दछ। पोथी ओथारो बसेको २८ देखि २९ दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू पहेँलो रङ्गका हुन्छन्। चल्लाहरू जन्मिएको १० देखि ११ हप्तापछि गुँडाबाट उड्न थाल्दछन् भने अर्को प्रजनन् महिनाको शुरूवात नहुँदासम्म यिनीहरू गुँडमै अर्थात वयस्क भाले पोथीसँगै बस्छन्। यी पन्छीहरूले एक प्रजनन् महिनामा चल्ला हुर्काइसकेपछि गुँड र त्यस वरपरको क्षेत्रबाट बसाइँसराइ गर्छन्। यी पन्छीहरू प्रजनन् मौसम सकिए लगत्तै एक समूहमा बसाइँसराइ गर्न गर्छन्। उड्दा खेरी पूरै पखेटा फिँजाएर सुस्त चालमा सामान्यतया रूखभन्दा माथि उड्ने गर्दछन्। यी पन्छीहरूको मुख्य आहारा वनस्पतिका बिउहरू र साना कीराहरू हुन्।
यस पन्छीले आफ्नो गुँड मसलाको रूखमा (एक अग्लो र हलक्क बढ्ने रूख) बनाउने गर्छन्। अन्य प्रजातिका सुगाहरू जस्तै पहेँलो पुच्छ्रे कालो सुगालाई पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भने यस पन्छीको बासस्थान दायरा तथा जङ्गल विनास, चोरी शिकारी र बासस्थान दायरामा मानव जातिको आवतजावतका कारण यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कटमा परेका कारण यसलाई लोपोन्मुख पन्छीको सूचीमा वर्गीकरण गरिएको छ। यस पन्छीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा लोपोन्मुख पन्छीको सूचीमा वर्गीकरण गरिएको छ।
छोटो ठुँडे र लामो ठुँडे सुगालाई फरकफरक प्रजातिमा विभाजन गर्नु भन्दा पहिला लामो ठुँडे कालो सुगा र छोटो ठुँडे कालो सुगालाई एकै परिवारमा वर्गीकरण गरिएको थियो भने यी पन्छीहरूलाई सेतो पुच्छ्रे कालो सुगाको नाम दिइएको थियो।[२] सन् १९३३ मा अस्ट्रेलियाका प्रकृतिविद् इभान कार्नबीको एक प्रतिवेदनका अनुसार उनले सोतो पुच्छ्रे कालो सुगालाई वर्णन गरेका थिए।[३] उनले सन् १०४८ मा सेतो पुच्छ्रे कालो सुगाहरूलाई दुई उपप्रजातिमा विभाजन गरेका थिए। [४]
पश्चिम अस्ट्रेलियामा पाइने सेतो पुच्छ्रे कालो सुगा (छोटो ठुँडे कालो सुगा र लामो ठुँडे कालो सुगा) र पूर्वी अस्ट्रेलियामा पाइने पहेँलो पुच्छ्रे कालो सुगाका जातिलाई पछि उपजाति जेण्डामा वर्गीकरण गरिएको थियो भने भने रातो पुच्छ्रे र कालो सुगालाई भने अर्को उपप्रजातिमा वर्गीकरण गरिएको थियो।[५] यस दुई उपप्रजातिलाई भने प्वाँखको रङबाट छुट्याउन सकिन्छ। पछि छोटो ठुँडे कालो सुगाको भाले र पोथी जातिलाई पनि शारीरिक बनावटका र उचाईका कारण छुट्ट्याइएको थियो। जेण्डा उपप्रजातिमा पर्ने यी पन्छीहरूलाई थुप्रै वर्ष सम्म पहिला दुई र पछि एक उपप्रजातिमा विभाजन गरिएको थियो। सन् १९७० मा अस्ट्रेलियाली प्रकृतिविद् डेनिस सुण्डर्सले उनको एक प्रतिवेदनमा दुई सेता पुच्छ्रे काला सुगाहरू मध्ये एकको लामो ठुँड र लामो पुच्छर हुने भएको जानकारी गराएका थिए। सन् १९७९ मा सुण्डर्सले छोटो ठुँडे कालो सुगा र दक्षिणी भूभागमा पाइने पहेँलो पुच्छ्रे कालो सुगालाई एकै उपप्रजातिमा विभाजन गरेका थिए भने उनले लामो ठुँडे कालो सुगालाई आर्को उपप्रजातिमा विभाजन गरेका थिए।[६] उनले पश्चिम अस्ट्रेलिया पन्छीहरू एकै ठाउँमा एकत्रित हुन्छन् भने पछि लामो ठुँडे कालो सुगा र पहेँलो पुच्छ्रे कालो सुगाबाट छोटो ठुँडे कालो सुगाको उत्पत्ति भएको उल्लेख गरेका थिए।[७] पछि सेतो पुच्छ्रे कालो सुगालाई छोटो ठुँडे र लामो ठुँडे काल सुगा भनिन थालिएको थियो।[८][९]
छोटो ठुँडे कालो सुगाको औसत लम्बाइ ५३–५८ सेन्टिमिटर (२१–२३ इन्च) हुन्छ भने यसको तौल ५२०–७९० ग्राम हुन्छ। यस पन्छीको एक पखेटा देखि अर्को पखेटाको कुल लम्बाइ ११० सेन्टिमिटर (४३ इन्च) हुन्छ।[१०] यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो चलायमान शिखा रहेको हुन्छ। यस प्रजातिकको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने यसको ठुँड (चुच्चे) मधुरो खैरो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ।[११] यस पन्छीको टाउकोको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ भने यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस पन्छीको खुट्टा खैरो हुन्छ। यस पन्छीको चुच्चो छोटो हुने भएकाले यसलाई छोटो ठुँडे कालो सुगा भनिएको हो।[१२]
यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। त्यस्तै पोथीको ठुँड मधुरो सेतो रङको र आँखा खैरो हुन्छ। यस प्रजातिको वयस्क पन्छीको शरिरिक रङ कालो तथा छिर्केमिर्के सेतो हुन्छ भने यस पन्छीको पखेटा भित्रको भाग सेतो र छिर्केमिर्के कालो हुन्छ। यसको पोथीको खुट्टाको रङ हल्का खैरो हुन्छ। यस प्रजातिको पन्छीको बचेरा तथा चल्लाको ठुँडको रङ मधुरो सेतो हुन्छ, खैरो आँखा र हल्का खैरो पुच्छर हुन्छ। यी पन्छीहरूलाई सानो उमेरमानै लिङ्ग पहिचान गर्न गाह्राे हुन्छ भने जब उमेर अनुसार ठुँडको रङ परिवर्तन हुन्छ लिङ्ग सहजै छुट्टिन्छ।[१३] भाले जाति एक वर्षको पुगेपछि यसको ठुँडको रङ खैरो हुन जान्छ।
छोटो ठुँडे कालो सुगा मुख्यतया अस्ट्रेलियाको दक्षिण पश्चिम भूभागमा वार्षिक ३०० मिलिमिटर (१२ इन्च) पानी पर्न वर्षा वनमा पाइन्छन्। यस पन्छीको बासस्थान दायरा पूर्वमा केप एरिड, कोरिनन तालर हेटर्स पहाड र मोर ताल र दक्षिणमा कलबारीसम्म भेटिन्छन्। यस पन्छीले प्रजनन् वार्षिक ३५० देखि ७०० मिलिमिटर (१४ देखि २८ इन्च) पानी पर्न वर्षा वनमा गर्ने गर्छ। यस प्रजातिको सुगाले प्रजनन मैसम पछि एक समूहमा बसाइँसराइ गर्ने गर्दछ भने यिनीहरू गुँड बनाउने क्षेत्र भन्दा टाढा बसाइँसराइ गर्छन्। यी पन्छीहरू मुख्यतया मसलाको (ठूलो र अग्लो खालको हलक्क बढ्ने रुख) रुखमा बसोबास गर्छन् भने यो पन्छी अशोक रुख खेती गरेको क्षेत्रमा पनि पाइन्छन्।
छोटो ठुँडे कालो सुगाले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ भने यस पन्छीले चर्को रुखो आवाज निकाल्ने गर्दछ जसले गर्दा यस पन्छी देखिनु भन्दा अगाडि यसको आवाज सुनिन्छ। यस पन्छीले आहाराका लागि लामो यात्रा तय गर्ने गर्छ र यसले आफ्ना जोडीलाई आवाज दिन्छ।[११] सामान्यतया यस पन्छी समूहमा जोडी भएर अथवा बचेरासँग उडेको देखिन्छ। यस पन्छीले एकपटक आवाज निकाली सकेपछि अर्को आवाज त्यसको ०.४ सेकेण्ड पनि निकाल्ने गर्दछ भने यस पन्छीले सामान्यतया उडिरहेको बेला अन्य पन्छीलाई डाक्नका लागि आवाज निकाल्ने गर्दछ।[१४] यस पन्छीले बास बसिरहेका बेला वा नउडिहेका बेला पनि अर्को पन्छीले आवाज दियो भने सञ्चारका लागि आवाज निकाल्ने गर्दछ। यस पन्छीको बचेरा र वयस्कको आवार फरकफरक हुन्छ। सुण्डर्सले यस पन्छीले निकाल्ने आवारको फरक प्रष्ट पारेका थिए। यस पन्छीले एक्लै हुँदा मधुरो र सानो आवार निकाल्ने गर्दछ। यस पन्छीले लामो सुसेली पनि हाल्ने गर्दछ जुन ०.६ सेकेण्ड लामो हुन्छ। यस पन्छीले खतराको आभास पाउने बित्तिकै ठूलो र चर्को आवार निकाल्ने गर्दछ। यस पन्छी माथी कुनै शिकारी पन्छी अथवा जनावरले हमाल गर्ने बेला यसले तिखो र चर्को आवाज निकाल्ने गर्दछ भने कुनै पन्छी प्रजनन क्षेत्रमा प्रवेश गर्यो भने पनि यसले यस्तो गर्ने गर्छ। प्रजनन मौसमा भाले जातिले अर्को भालेसँग तिखो र भयानक आवाज निकाल्छ।
भालेले पोथी आउनु भन्दा अघि प्रजनन मौसममा दुई प्रकारको आवाज निकाल्छ भने यसले कहिलेकाँही छोटो आवार र कहिलेकाँही लामो आवाज पनि दिन्छ। पोथीलाई डाक्ने आवाज निरन्तर जारी रहन्छ। भोकाएका बचेरा तथा साना चल्लाले भने तिखो आवाज निकाल्छन्।[११] एक वयस्क पोथीले अोथारो बस्दा खेरी पनि आवाज निकाल्ने गर्दछ भने गुँड छाडेका र उड्न सक्ने पन्छीहरूले भने मधुरो आवाज निकाल्छ। प्रजनन महिना भन्दा पहिला शरद ऋतु र हिउँद ऋतुमा यस पन्छी एकै ठाउँमा लगभग सय भन्दा बढी छोटो ठुँडे कालो सुगा जम्मा हुन्छन्।
उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ भने यस पन्छीले पखेटा नफट्फटाईकिन पनि लामो यात्रा तय गर्न सक्छ। यस पन्छीको समूह रुख र ठूलो भवन भन्दा धेरै माथी उड्ने गर्दछन्। यस प्रजातिको पन्छीको आयु २५ वर्ष १०.८ महिना हुन्छ।
छोटो ठुँडे कालो सुगा ४ वर्षको उमेरमा प्रजनन गर्न परिपक्व बन्छ।[१५] यस पन्छीले आफ्नो गुँड एक अग्लो र हलक्क बढ्ने रुखमा बनाउने गर्छन्।[१६] यी पन्छीहरूलाई अन्य शिकारी पन्छीले आक्रमण गरि अण्डा खुइदिने हुँदा यसले गुँड बनाउँदा एकमात्र रुख भएको स्थान छनोट गर्छन्। प्रजनन मैसमा एकै रुख पटकपटक प्रयोग हुन्।[१७] यस पन्छीले आफ्नो गुँड जमिन सतहबाट ५.६ मिटर (१९ फिट) माथि बनाउने गर्दछ भने यसले एक गुँड देखि आर्को गुँडको दुरी१७४ मिटर (५७१ फिट) हुने गर्दछ। यस पन्छीको गुँड १ देखि ३ मिटर (३.३ देखि ६.६ फिट) गहिरो र ०.२५ देखि ०.५ मिटर (९.८ देखि १९.७ इन्च) चौडा हुन्छ भने यसले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाहरूको प्रयोग गर्दछ।[१८] यस पन्छीले गुँड बनाउने क्रममा दुवै भाले र पोथी सामेल हुन्छ भने यी पन्छीले सुकेका झार पात, रुखका मसिना हाँगाहरू बटुल्ने गर्दछन्।[१९]
यस पन्छीको पोथी जातिले एक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुन्छ।[२०] यस पोथीको पहिलो अण्डा ४४ देखि ५४ मिलिमिटर लामो र व्यास ३५ मिलिमिटर हुन्छ। पोथीले पहिलो अण्डा पारेपछि अर्को अण्डा ८ दिनको अन्तरालमा पार्ने गर्दछ जसको लम्बाइ र व्यास पहिलो अण्डा भन्दा ३ मिलिमिटर सानो हुन्छ। अण्डा पारिसकेपछि पोथीले अण्डा कोरल्न शुरू गर्छ।[२१] पोथी अोथारो बस्छा खेरी आहाराको व्यवस्थापन भालेले गर्दै दिनको २ देखि ४ पटकसम्म आहारा ल्याउने गर्दछ भने अण्डाबाट चल्ला निस्किसकेपछि दुवै भाले र पोथीले बचेरालाई आहारा ख्वाउने गर्दछन्। यस प्रजातिको पन्छीले दोस्रो चल्ललाई आहार नदिने र व्यवास्था गरेका कारण दोस्रो चल्लाको भयानक रुपमा मृत्यु हुन्छ। पोथी अोथारो बसेको २८ देखि २९ दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। पहिला पारेको अण्डबाट चल्ला निस्किसकेको ८ दिन पश्चात् अर्को चल्ला निस्किन्छ। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू पहेँलो रङका हुन्छन्। चल्लाहरू जन्मिएको ३ महिना पछि गुँडाबाट उड्न थाल्दछन् भने अर्को प्रजनन महिनाको शुरूवात नहुँदासम्म यिनीहरू गुँडमै अर्थात वयस्क भाले पेथीसँगै बस्छन्। [१०]
छोटो ठुँडे कालो सुगाको आहारा बासस्थान दायरा, मौसम र वातावरणमा भर पर्छ। यस प्रजातिको पन्छीले मुख्यतया फलफूलका बीउ तथा फलहरू खाने गर्दछन्। यस पन्छीले लगभग ५० वनस्पति तथा रुखहरूको बीउहरू आहारा बनाउने गर्छन्। यी पन्छीहरू फल फल्ने रुखको हाँगामा बसी फलफूल तथा बीउहरू खाने गर्छन्।[२२] यस पन्छीले ठूलो फललाई खुट्टाले समातेर ठुँडले सानो सानो बनाएर खाने गर्छ। यी पन्छीहरूले रुखबाट पाकेर खसेका फलहरू खान जमिनामा पनि आउने गर्दछ। यी पन्छीहरूको मरेको रुख भित्र रहेका लामा किराहरू पनि प्रमुख आहारा हो भने यसले गोब्रेकिराको पनि सिकार गर्दछ।[२३][२४] यो प्रजातिको पन्छीले किराहरूको खोजलाई वर्षको जुन र जुलाई महिनामा तीव्र बनाउँछ जति बेला यी किराहरू प्रशस्त मात्रामा भेटिन्छन्। यी पन्छीहरू तटिय क्षेत्रमा पनि आहारा खोज्न जान्छन्। सिकार गरेका किराहरू यी पन्छीले बचेरा तथा साना चराहरूलाई पनि ख्वाउने गर्दछ। यी पन्छीले रुख तथा जमिना भएका साना खाल्डोहरू खन्छ र त्यहाँबाट किरा निकाल्छ।
प्रजनन मौसम सकिएपछि यी पन्छीहरू आहाराका लागि बासस्थान दायरा भन्दा टाढा जाने गर्दछ भने यी पन्छीहरू १६ किलोमिटरसम्म आहाराका लागि जाने गर्दछ तर यी पन्छीहरू सामान्यतया आहारा खोज्न नजिक यात्रा गर्छन्। यस प्रजातिको पन्छीहरू बिहानीमा यात्रा गर्छन् भने यिनीहरू ५.४ किलोमिटर (३.४ माइल) दुरीको यात्रा तय गर्छन् भने साँझ परेपछि यिनीहरू बासस्थान क्षेत्र तिर आउँछन्।[२५]
छोटो ठुँडे कालो सुगालई सन् १९९९ मा संयुक्त वातावरणमा संरक्षणको अनुसार यसलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकृत गरिएको छ भने यसलाई सन् २००८ का अनुसार अस्ट्रेलियाक पश्चिमी भूभागबाट लोप हुन लागेका तथा सङ्कटापन्न पन्छीको सूचीमा सूचीकृत गरिएको छ।[२६] पछिल्लो ४५ वर्षमा यस पन्छीको सङ्ख्या ५०% ले घटेको छ। सन् २००९ देखि यस प्रजातिको पन्छीलाई गणना गर्न शुरू गरिएको थियो भने कालो सुगा प्रजातिका पन्छीहरूलाई पनि गणनामा समावेश गराइएको थियो। सन् २०१६ मा गणना गरिए अनुसार यस पन्छीको सङ्ख्या १०,९१९ गणना गरिएको थियो जसले पछिल्लो ४५ वर्षमा यस पन्छीको सङ्ख्यामा भारि मात्रामा गिरावट आएको देखाएको थियो।[२७] हाल यस पन्छीको सङ्ख्या ४०,००० रहेको अनुमान लगाइएको छ। [१][२८]
यी पन्छीहरू सङ्कटापन्न पन्छीको सूचीमा पर्नका कारण; दाउरा सङ्कलन गर्ने क्रममा गरिएको बासस्थान दायरा वरपरको क्षेत्रमा सरसफाई, गुँड बनाउने उपयुक्त स्थानका लागि अन्य पन्छीसँगको मुक्काबिला र गैरकानुनी ढङ्गबाट गरिएको चोरी शिकार हुन्।[२९] यस पन्छीको बासस्थान दायराका लगभग ५६% भूभागहरू कृषि गर्नका लागि सफाई गरिए थियो। यसबाहेक ५४% तटिय क्षेत्र तथा प्रजनन दायरामा पर्ने क्षेत्रहरू हराएका छन्। यस पन्छी लगायत अन्य पन्छीहरूको सङ्ख्या वृद्धि र बासस्थान दायरा बढाउनका लागि अस्ट्रेलियाली राज्य सरकारले नयाँ योजना तयार गरेको छ।[३०] अस्ट्रेलियाको केही क्षेत्रहरूमा अशोकको रुख लगाउन बन्द गरिएपछि यस पन्छीको आहारा दायरा घट्दो क्रममा छ। सन् २०१७ मा अस्ट्रेलियाली पशुपन्छी सङ्घले प्रकृति मन्त्रीलाई अशोकको रुखहरू विनाश गर्न बन्द गर्ने भन्दै आवेदन दिएको थियो।[३१][३२] अन्तर्राष्ट्रिय पन्छी सङ्घले हाल अस्ट्रेलियामा यस पन्छीको बासस्थान दायरा १३ ठाउँहरू बनाइएको जानकारी गराएको थियो। अस्ट्रेलियाको दक्षिणी तटिय क्षेत्रहरूमा प्रजनन मौसम सकिएपछि लगभग ४६०० देखि १५००० पन्छीहरू तटमा आहाराका लागि आउने बताएको थियो। [३३]
यस पन्छी प्रजननका लागि तयार हुन लामो समय लाग्ने र प्रजनन दर कम भएका कारण पनि यसको सङ्ख्या घट्नुको मुख्य कारण हो। यी पन्छीहरू प्राय समूहमा बस्ने हुनाले रोगी पन्छीहरूबाट रोग सहजै थुप्रै पन्छीमा सर्न सक्छ। [३४]सन् २००९ सेप्टेम्बर देखि अक्टोबरसम्म एक भयानक रोगका कारण २३ प्रजना योग्य पोथीको मृत्यु भएको थियो भने २२ मार्च २०१० मा आएको आँधी तथा असिनाको प्रभावले ६८ पन्छीको मृत्यु भएको थियो। अस्ट्रेलियाको असान्दर्भिक मौसम परिवर्तनका कारण यस पन्छीको प्राकृतिक प्रकोपबाट मृत्यु हुने दर उच्च रहेको छ।[३५] कतिपय अवस्थामा यी पन्छीहरूलाई उपचारका लागि पन्छी चिकित्सालयमा पनि ल्याउने गरिएको छ। अन्य प्रजातिका सुगाहरू जस्तै छोटो ठुँडे कालो सुगालाई पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भने यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कटमा परेका कारण यसलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकरण गरिएको छ। [३६]
छोटो ठुँडे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर (२१-२३ इन्च) हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने ठुँड (चुच्चे) मधुरो खैरो र छोटो हुन्छ। त्यस्तै यसको टाउकाको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ। यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड मधुरो खैरो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ।
यस प्रजातिको सुगाले एकपटकमा एकदेखि दुई अण्डा पार्ने गर्दछ। पोथी ओथारो बसेको २८ देखि २९ दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू पहेँलो रङ्गका हुन्छन्। चल्लाहरू जन्मिएको १० देखि ११ हप्तापछि गुँडाबाट उड्न थाल्दछन् भने अर्को प्रजनन् महिनाको शुरूवात नहुँदासम्म यिनीहरू गुँडमै अर्थात वयस्क भाले पोथीसँगै बस्छन्। यी पन्छीहरूले एक प्रजनन् महिनामा चल्ला हुर्काइसकेपछि गुँड र त्यस वरपरको क्षेत्रबाट बसाइँसराइ गर्छन्। यी पन्छीहरू प्रजनन् मौसम सकिए लगत्तै एक समूहमा बसाइँसराइ गर्न गर्छन्। उड्दा खेरी पूरै पखेटा फिँजाएर सुस्त चालमा सामान्यतया रूखभन्दा माथि उड्ने गर्दछन्। यी पन्छीहरूको मुख्य आहारा वनस्पतिका बिउहरू र साना कीराहरू हुन्।
यस पन्छीले आफ्नो गुँड मसलाको रूखमा (एक अग्लो र हलक्क बढ्ने रूख) बनाउने गर्छन्। अन्य प्रजातिका सुगाहरू जस्तै पहेँलो पुच्छ्रे कालो सुगालाई पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भने यस पन्छीको बासस्थान दायरा तथा जङ्गल विनास, चोरी शिकारी र बासस्थान दायरामा मानव जातिको आवतजावतका कारण यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कटमा परेका कारण यसलाई लोपोन्मुख पन्छीको सूचीमा वर्गीकरण गरिएको छ। यस पन्छीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा लोपोन्मुख पन्छीको सूचीमा वर्गीकरण गरिएको छ।